१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरूको बैठक शुक्रबार काठमाडौंमा सुरु भएको छ। बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा जारी रहेको छ।

बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’ लगायतका नेताहरू सहभागी छन्। साथै रमेश लेखक, एनपी साउद, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे, मोहनबहादुर बस्नेतसहित अन्य नेताहरू पनि उपस्थित छन्।

बैठकमा नेपाली कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा आन्तरिक विवादका विषयमा छलफल भइरहेको नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

देउवा समूह गत पुसमा आयोजित विशेष महाधिवेशनपछि पार्टीभित्र निर्णय प्रक्रियामा अपेक्षाकृत निष्क्रिय बनेको मानिन्छ। त्यसयता उक्त समूहले सातै प्रदेशमा कार्यकर्ता तथा नेताहरूको भेला सम्पन्न गरिसकेको छ।