पर्वत। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव फेला परेको छ ।
नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं २५ गण हेडक्वाटर पर्वतबाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ ।
उक्त शव गए रातिदेखि म्याग्दी सदरमुकाम बेनीघाट बेपत्ता बनेका बेनी नगरपालिका–४ सिंगा बस्ने ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि भएको छ ।
उक्त शव मृतकका दाजु मानबहादुर सार्कीलाई बुझाइ शव परीक्षणका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिनुभयो ।
गणपति क्षेत्रीको कमाण्डमा र्याफ्टिङ बोटसहित खटिएको १५ जनाको टोली र बागलुङबाट सशस्त्र प्रहरी उपरीक्षक मनोज खड्काको नेतृत्वमा खटिएको १० जनाको टोलीले संयुक्त रूपमा शव नदीबाहिर निकालेको थियो । रासस










