१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ, १६ असार : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासङ्घका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो ।रासस