१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन



अ+ अ-

विराटनगर: लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले क्लबलाई थप सक्रिय, पारदर्शी तथा सेवामुखी संस्थाका रूपमा स्थापित गर्दै समुदायमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको बताएका छन्।

लामो समयदेखि समाजसेवा र नेतृत्व क्षेत्रमा सक्रिय ईराकीको नेतृत्वमा लायन्स क्लब अफ विराटनगरले सेवा, सहकार्य र समर्पणको अभियानलाई थप सुदृढ बनाउने विश्वास सदस्यहरूले व्यक्त गरेका छन्।

क्लबले आगामी कार्यकालमा स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर सामाजिक अभियान, जनचेतनामूलक कार्यक्रम तथा समुदायसँग प्रत्यक्ष जोडिएका गतिविधिलाई प्राथमिकता दिने ईराकीले जानकारी दिनुभयो ।