१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मेरो उपस्थितिले केपी ओलीको सातो गयोः माधव नेपाल



अ+ अ-

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् । 

मंगलबार पोखरामा आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो उपस्थितिले ओलीको सातो जाने गरेको बताएका हुन् ।

 ‘म संसद् चलेको बेला बाहिर आएँ, अहिले म बाहिर भएको मौकामा केपी ओली संसद् छिर्न बेर छैन, कमसेकम मेरो उपस्थितिले केपीको सातो गैरा छ नि,’ उनले भने, ‘उसले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भन्या छ, कस्तो सन्जोग कांग्रेस महाधिवेशनमा अनुहार हेर्दै जानुपरेछ ।

यस्तै, नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । उनले भने,“ सभामुखज्यू तपाई एक्लो हुनुहुन्न, तपाईको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।” 

तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनले स्पष्ट पारे । 

नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने उनको भनाई छ । 

उनले भने, “भिन्न चरित्रको पार्टी बनाउने, क्रान्तिकारी चरित्र, सुसंस्कार बोकेको, आदर्शप्रति प्रतिबद्ध, निष्ठाको राजनीति गर्ने जनताको सेवाको भावनाबाट उत्प्रेरित पार्टी बनाउनका लागिनै आफैले यसअघि बनाएको पार्टीबाट विद्रोह गर्नुपरेको हो ।”