२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो ।

बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा मुख्यमन्त्री पाण्डेले आगामी आव २०८३÷८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पार्नुभएको छ ।

सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याएको उहाँको भनाइ थियो । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । रासस