२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर एक महिलाको मृत्यु



अ+ अ-

सङ्खुुवासभा।  सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको  मृत्यु भएको छ ।

आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।

वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते हुनुभएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम  ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उहाँ गम्भीर घाइते हुुनुभएको थियोे । राईको शव आजै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।  रासस