१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल



सन्दर्भ तस्बिर
अ+ अ-

बग्दाद। इराकका विदेशमन्त्री फुआद हुसेन र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच आइतबार बग्दादमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ ।

इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भेटवार्ताका क्रममा मन्त्री हुसेनले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दामा निरन्तर समन्वय र परामर्शको आवश्यकता औँल्याउनुभयो ।

उहाँले क्षेत्रीय सुरक्षा, शान्ति र स्थायित्व प्रवर्द्धनका लागि इराकले आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको मित्र, छिमेकी र रणनीतिक साझेदारका रूपमा वर्णन गर्दै विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले हालै इरान र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू) अन्तिम सम्झौताका लागि महत्वपूर्ण प्रारम्भिक कदम भएको बताउनुभयो । साथै, उक्त समझदारीले युद्धविरामलाई थप सुदृढ बनाउने र क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि सकारात्मक वातावरण सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

यद्यपि, शान्ति समझदारी र अन्तिम सम्झौताका लागि वार्ता जारी रहेकै अवस्थामा पनि सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबीच सैन्य तनाव पुनः चर्किएको छ ।

‘स्टे«ट अफ हर्मज’ मा व्यावसायिक जलयानमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले शुक्रबार र शनिबार इरानका केही सैन्य लक्ष्यमा आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।  (रासस/सिन्ह्वा)