११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने



अ+ अ-

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनका लागि मतदान प्रक्रिया बुधबार साँझ ७:३० बजेबाट सुरु हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले मतदान साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिएका हुन्।

रास्वपाको महाधिवेशन गत असार ७ गतेदेखि सुरु भएको थियो। सुरुमा असार ९ गतेभित्र महाधिवेशनका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका तय गरिए पनि विभिन्न प्रक्रियागत कारणले कार्यक्रम लम्बिएको छ।

निर्वाचन प्रक्रिया बुधबार बिहान ९ बजेदेखि सुरु गर्ने तयारी भए पनि उम्मेदवारको अन्तिम सूची तयार हुन ढिलाइ हुँदा मतदान निर्धारित समयमा हुन सकेको थिएन। निर्वाचन आयोगले केहीबेरअघि मात्र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

रास्वपाको संशोधित विधानअनुसार केन्द्रीय समितिमा १५८ सदस्य रहने व्यवस्था छ, जसमध्ये ९९ जना निर्वाचित हुनेछन्। महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि अहिले मतदानको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।




भर्खरै