३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश



अ+ अ-

काठमाडौँ। मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो ।

मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो ।

मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ । तीन अङ्क बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो । यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एक/एक अङ्क छ । उनीहरुको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ ।

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्नेछन् । जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट आठ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्नेछन् । रासस