३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत



फाइल फोटो
अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित  दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ ।

एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माणलगायत संरचना निर्माणको काम भइरहेको छ । अहिले बन्दरगाहमा ट्रमिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन् ।

तोकिएका अवधि ३० महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको उक्त परियोजना निर्माण लागत भारतीय रुपैयाँमा दुई अर्ब ३७ करोड रहेको छ ।

दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागमन र सुरक्षा भवनलगायत पूर्वाधार निमार्ण हुनेछ ।

नेपालतर्फ सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह सञ्चालनमा आए सुदूरपश्चिममा थप विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ । रासस