३० श्रावण २०८३, शनिबार
,
Latest
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न ४ करोड बजेट विनियोजन



अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले यहाँस्थित राप्ती प्रादेशिक अस्पताललाई रु चार करोड बजेट विनियोजन गरेको छ ।

सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताउनुभएको हो । “अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

अब, अस्पताल २०० श्ययामा विस्तार हुने भएको छ”, उहाँले भन्नुभयो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सरकारले बजेट विनियोजन गर्दा प्राथमिकतामा नपारेको भन्दै यसअघि यहाँका नागरिकले विरोध गर्दै आएका थिए । यसपटकको बजेटले भने धेरै आशा पलाएको छ, स्थानीय खुमानन्द अधिकारीले भन्नुभयो । त्यसैगरी, प्रदेश सरकारले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्नका लागि यसपटक बजेट विनियोजन गरेको छ ।

सुकौराकोट पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारू सङ्ग्रहालय निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि यहाँका थारू अगुवा तथा सर्वसाधारण खुसी भएका छन् ।

उनीहरूले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण र सुकौराकोटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न उक्त बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।