९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा



अ+ अ-

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। स्रोतका अनुसार मंगलबार अर्याललाई नियन्त्रणमा लिएर राहदानी आपूर्ति सम्बन्धी विषयमा बयान लिने कार्य भइरहेको छ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले विभागबाट आवश्यक कागजातसमेत संकलन गरेको बताइएको छ। एक स्रोतका अनुसार आयोगको टोलीले सोमबार साँझ विभाग पुगेर सम्बन्धित कागजातहरू आफ्नो नियन्त्रणमा लिएको थियो।

राहदानी खरिद तथा आपूर्ति प्रक्रियासँग जोडिएको आशंकामा व्यवसायी सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ। अनुसन्धानको निष्कर्षपछि मात्रै प्रकरणको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।