५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश सरकारको अभियानः ‘पोखौँ पसिना देशमै हाँसेर’



अ+ अ-

काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

स्वदेशमै सीप, श्रम र सिर्जनशीलताको सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री धामीले बताउनुभयो । सो अभियानअन्तर्गत कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाई उद्यमशीलता प्रवर्द्धन गर्न कृषि अध्ययन गरेका तथा विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने उहाँ बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन गर्न रु दुई करोड पाँच लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’ अभियानलाई पनि निरन्तरता दिइने छ । सो अभियानलाई निरन्तरता दिन बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले विपन्न, दलित, मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालगायत लक्षित वर्गको सशक्तीकरण र आधुनिक उत्थानका लागि निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालन गर्नेछ ।

निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ६० लाख बजेट विनियोजन गरेको मन्त्री धामीले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८३÷८४ का लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।