१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवफ दिने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । अर्थमन्त्री वाग्लेले जेन–जी आन्दोलनपछि मुलुकले कोल्टे फेरेको उल्लेख गर्दै त्यसैलाई न्याय दिने हिसावले सरकारले आफनो नीति, कार्यक्रम र बजेट तय गरेको पनि बताउनु भयो ।

उहाँले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा फर्किन नसकिरहेको भन्दै त्यसलाई चलायमान बनाउने हिसावले सरकारले बजेट ल्याएको पनि बताउनु भयो । उहाँले निजी क्षेत्रको लगानी पनि सुस्त भएकाले सरकारले उनीहरुलाई पनि झक्झक्याउने हिसावले आर्थिक गतिविधिलाई अघि बढाउन चाहेको बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ । त्यसलाई न्याय गर्ने हिसावले, प्रतिनिधित्व गर्ने हिसावले हामी अगाडि बढेकै हो । नेपालको अर्थमन्त्री मूलत यो कोभिडपछि हाम्रो अर्थतन्त्र लयमा फर्किन सकेको छैन । त्यसैले विगत वर्षदेखि यो कमजोर माग छ । बजारमा कुनै पनि कुराको डिमान्ड नै छैन । क्रय, विक्रय नै हुन सकिरहेको छैन । खर्च गर्न सक्ने त्यो शक्ति कि शिथिल छ, कि पलायन भएको छ । त्यसैले अहिले यो बजारलाई झक्झक्याउनु पर्दछ । अहिलेको बजेटले त्यो कुरालाई जोड दिएको छ । अर्को निजी लगानीमा असाध्यै सुस्तता छ । के हुने हो ? अनिश्चतता छ । जेन–जी आन्दोलनपछि एक किसिमको भय, त्रास पनि भयो । यो समग्र गतिविधिमा आर्थिक गतिविधिमा जुन मन्दी भयो ।’

अर्थमन्त्री वाग्लेले बजेटले तल्ला वर्गको उत्थानमा विशेष जोड दिएको जिकिर पनि गर्नुभयो ।