३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय

परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे सरकारका तर्फबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ ।

यद्यपि, मुलुकको आर्थिक एजेण्डा र बजेटको संवेदनशीलतालाई मध्यनजर गर्दै सदनको अवरोध हटाएर छलफलमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्रीले दिएको जवाफ पर्याप्त नभएको बताउनुभयो।

प्रधानमन्त्रीको अभिव्यक्ति सत्य हो वा भ्रम मात्र हो भन्ने विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने माग राख्दै काँग्रेसले सदनमा आवाज उठाइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीको जवाफप्रति असहमत रहँदा रहँदै पनि बजेटमाथिको छलफल रोक्न नहुने तर्क थापाले अघि सार्नुभयो ।

प्रमुख सचेतक थापाले भन्नुभयो, ‘परराष्ट्र मन्त्रीमार्फत प्रधानमन्त्रीको जुन भर्सन आउनुपर्ने थियो, त्यो अझै पनि सन्तोषजनक छैन । उहाँले प्रधानमन्त्रीको गल्तीलाई ढाकछोप गर्न खोज्नुभएको देखिन्छ । सीमाजस्तो संवेदनशील विषयमा आधिकारिक र चित्तबुझ्दो जवाफ नआएसम्म हामी यो विषयलाई सदनमा निरन्तर उठाइरहने छौँ ।’

अब आफूहरूले सदनमा प्रधानमन्त्रीको भौतिक उपस्थितिलाई भन्दा पनि उहाँको वक्तव्यको ठोस जवाफलाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।

यसैगरी, बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको र निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याइएको भनिएको बिवाइडी प्रकरणमा पनि काँग्रेसले निगरानी बढाइरहेको उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल