३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल

संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा विद्यमान संकटको समाधान प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हातमा रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि मिचेको छ भनि आफूले दिएको अभिव्यक्ति संसदको रोष्टममा उभिएर गम्भिर भूल थियो भनेर स्विकार गरेमा संसदमा विद्यमान संकट समाधान हुने बताउनुभएको हो ।

नेता बादलले प्रधानमन्त्री साहले त्यसो नगरे रास्वपा सभापति लामिछानेले पार्टी सभापतिको हैसियले प्रधानमन्त्री साहलाई उक्त वक्तव्य राष्ट्रविरोधी भएकाले त्यसलाई फिर्ता लिनु भनेर निर्देशन दिएपनि संसदको गतिरोध अन्त्य भएर जाने जिकिर गर्नुभयो । उहाँले तेस्रो विकल्पको रुपमा प्रधानमन्त्रीले दिएको उक्त वक्तव्य सभामुख डोलप्रसाद अर्यालले संसदको रेकर्डबाट हटाउन रुलिङ गर्दा पनि संसदको गतिरोध अन्त्य हुने प्रश्ताव गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यो संकटको समाधान कसको हातमा छ त ? भनेर त्यसलाई एउटा निष्कर्षमा पुगेर हामीले बुझदाखेरी यो संकटको समाधान वा संकट मोचक दुई जना पात्रहरुको हातमा छ । यो संकटको समाधान दुई जनाको हातमा छ । ती दुई जना पात्र भनेको सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान । उहाँले यो रोष्टममा आएर मैले जो बोले, नेपालको भारतका धेरै जग्गाहरु मिचेको छ भनेर जो मैले भनेँ यो इतिहासको तथ्यसँग मेल खाँदैन। यो मेरो ठूलो ऐतिहासिक भुल थियोभनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ । रास्वपाका सभापतिले यदि आफनो पार्टीको त्यो निर्देशन दिने हो भने कि तपाईले जे रोष्टममा व्यक्त गर्नुभयो ।’

नेता बादलले प्रधानमन्त्री साहले राष्ट्रविरोधी, तथ्यहीन वक्तव्य संसदमा दिएकाले  विपक्ष दलहरुले त्यसको विरोध गर्नुपर्ने बाध्यकारी अवस्था आएको पनि उल्लेख गर्नुभयो ।