२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरूङ र महावीर पुनलाई मन्त्रीको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्रीको सिफारिसअनुसार गृहमन्त्रीको जिम्मेवारी सुधन गुरूङलाई र नवप्रवर्तन मन्त्रालयको नेतृत्व महावीर पुनलाई दिइएको छ।

नियुक्तिपछि दुवै मन्त्री शपथग्रहणका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

नवनियुक्त गृहमन्त्री गुरूङ यसअघि पनि छोटो अवधिका लागि गृह मन्त्रालयको नेतृत्वमा रहेका थिए। त्यतिबेला उनको सम्पत्तिको स्रोतसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि उनीमाथि छानबिनसमेत भएको थियो। गुरूङ गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

त्यसैगरी, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको भूमिकामा रहिसकेका छन्।

शीतल निवासमा हुने शपथग्रहणसँगै दुवै मन्त्रीले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन्।