२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न



अ+ अ-

काठमाडाैँ । चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ ।

चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ । अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा डा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो ।

डा साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो । कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डा साहले भन्नुभयो, “चिरफार नगरी आधुनिक ‘न्युरो इन्टरभेन्सनल’ प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राख्यौँ ।” यसलाई चिकित्सकीय भाषामा ‘फ्लो ड्रइभरटर’ भनिन्छ । उहाँले थप्नुभयो, “यस किसिमको समस्यालाई दुर्लभ मानिन्छ, एक हजारमा एक जनालाई यो समस्या देखिन्छ ।”

यस्तो अवस्थामा जोखिमयुक्त ठाउँ बन्द गरी नसा जोगाउनुपर्ने उहाँले बताउनुभयो । यस्तो जोखिमपूर्ण उपचार गर्न दक्ष जनशक्ति र आधुनिक उपकरण आवश्यक पर्ने अस्पतालको ‘क्याथल्याब इञ्चार्ज’ अमृत काफ्लेले बताउनुभयो । अस्पतालसँग ‘बिआई–प्लेन क्याथ ल्याब’ भएकै कारण यो उपचार सम्भव भएको उहाँको भनाइ छ ।

आइतबार शल्यक्रिया गरिएकी ती युवतीलाई सोमबार वार्डमा सारिएको र आज अवस्था हेरेर डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिनुभयो । डा साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । उपचारका क्रममा नसा थप फुट्न सक्ने भएकाले निकै संवेदनशील ढङ्गबाट काम गर्नुपर्ने उहाँको भनाइ छ ।

डा साहले भन्नुभयो, “चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।”