२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ



अ+ अ-

काठमाडाैँ । पूर्व गृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी कार्यालय पुग्नुभएको छ।

नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गएराति ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरले हत्या गरेको आरोप लागेपछि गुरुङले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न प्रहरीसँग माग गर्नुभएको हो।

गुरुङले मृतक ईश्वरी भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिनुभएको थियो। उहाँले पीडित परिवारलाई न्याय दिलाउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ।

गोरखाकी मृतक ईश्वरी भुजेल पूर्व गृहमन्त्री गुरुङकै क्षेत्रकी बासिन्दा हुनुहुन्थ्यो।