५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग

रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग
अ+ अ-

काठमाडाैँ । रसुवागढी नाकामा भन्सार बिन्दुमा नआएका सवारीसाधनको समेत भन्सार जाँचपास भएको विषयमा छानबिन अघि बढेपछि अर्थ मन्त्रालयले प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरूलाई थप अनुसन्धानका लागि सरुवा गरिएको हो। जेठ २० गते रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गर्दै विभागमा तानिएको उनले जानकारी दिएका छन्।

ढुंगानाका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया जारी छ। उनका भनाइमा मुस्ताङको कोरला नाकाबाट भन्सार जाँचपास भएका कारको विषयमा पनि छुट्टै छानबिन भइरहेको छ। अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिव, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोली हाल स्थलगत रूपमा अनुसन्धानमै रहेको उनले बताए।

प्रारम्भिक चरणमा भन्सार छलीको आशंका गरिएका केही सवारीसाधन नियन्त्रणमा लिइएको र सम्बन्धित आयातकर्ता कम्पनीमाथि पनि अनुसन्धान अघि बढाइएको जानकारी दिइएको छ। विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।

यसैबीच, छानबिन चलिरहेकै अवस्थामा अर्थमन्त्री र मन्त्रालयका अधिकारीहरूको चरित्र हत्या गर्ने तथा गलत धारणा फैलाउने प्रयास भइरहेको आरोप पनि अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाले लगाएका छन्। यस्ता गतिविधिमा संलग्न केही व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइएको र थप कारबाहीको तयारी भइरहेको उनको भनाइ छ।

उनले अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा टिप्पणी गर्दा जिम्मेवार स्रोतबाट तथ्य जाँच गर्न र भन्सार तथा बजेटजस्ता प्राविधिक विषयमा सत्य जानकारीका आधारमा मात्र समाचार प्रकाशन गर्न आग्रह समेत गरेका छन्।