५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी

सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
अ+ अ-

काठमाडाैँ । उद्योगपति विनोद चौधरीले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले लिएको नीति तथा प्रतिबद्धतालाई सकारात्मक कदमको रूपमा टिप्पणी गर्नुभएको छ। राजधानीमा आयोजित नेपाल उद्योग परिसंघको कार्यक्रममा बोल्दै उहाँले अब परियोजनाहरूलाई पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले अगाडि बढाउने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो।

उहाँले प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढेको उल्लेख गर्दै ती सुधारलाई अझ तीव्र बनाउन आवश्यक रहेको बताउनुभयो। मुलुकमा सुधार र आशावादको वातावरण बने पनि त्यसलाई ठोस लगानी र परियोजनाको कार्यान्वयनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

ऊर्जा क्षेत्रको उदाहरण दिँदै चौधरीले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) को प्रतीक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको बताउनुभयो। दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न नसक्दा ५ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजना प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो।

चौधरीले ऊर्जा उत्पादकहरूले लामो समयदेखि पीपीएका लागि पर्खिनुपरेको भन्दै सरकारले घोषणा गरेका नीति, सोच र प्रतिबद्धतालाई अब छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। कार्यान्वयनको गति बढाउन सके मुलुकले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न सक्ने उहाँको भनाइ थियो।

उहाँले पर्यटन क्षेत्रमा पनि सकारात्मक संकेत देखिन थालेको उल्लेख गर्दै पछिल्लो समय प्रस्तुत भएका नीतिगत दृष्टिकोण र एजेन्डाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक रूपमा लिइएको बताउनुभयो। यस्ता पहलहरूले मुलुकलाई विकासको मार्गमा अगाडि बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ।

निजी क्षेत्र लगानीका लागि पूर्ण रूपमा तयार रहेको बताउँदै चौधरीले नेपालमा लगानीयोग्य पूँजी अर्थात् तरलताको अभाव नरहेको र काम गर्न चाहने जनशक्तिको पनि कमी नभएको बताउनुभयो। मुलुकमा देखिएको सकारात्मक परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा आशा जगाएको तथा ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा लगानी र नयाँ परियोजना अघि बढाउन इच्छुक देखिएको उहाँले बताउनुभयो।