१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
फाइल फोटो
अ अ+ अ-

बागलुङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ ।

बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो ।

पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो ।

स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्रमा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको प्रमुख वरिष्ठ नायब निरीक्षक कुँवरले बताउनुभयो । कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्डअनुरूप राख्न लगाइएको उहाँको भनाइ छ ।

कुँवरले भन्नुभयो, “बजार क्षेत्रमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा ध्वनी प्रदूषण हुने गरेको छ । प्रायजसो रातिको समयमा जथाभावी रूपमा चर्को आवाज निकालेर मोटरसाइकल चलाउने जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो । हामीले यसभन्दा अगाडि पनि सात वटा मोटरसाइकल नियन्त्रणमा लिएर रु ५२ हजार राजस्व उठाएका थियौँ ।”

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारीसाधनको स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउँदा रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना लाग्ने व्यवस्था छ । गत साउन यता दुई हजार ९०० बढी मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको कुँवरले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका-२ का कृष्ण श्रेष्ठले राति सुतेको बेला बन्दुक पड्काए जसरी आवाज आउने गरी मोटरसाइकल चलाउँदा निन्द्राबाट ब्युउँझिने र मुटुनै ढुकढुक हुने बताउनुभयो ।

यसले वृद्धवृद्धा र बालबालिकालाई बढी असर पार्ने गरेकाले प्रहरीले त्यस्ता मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न जरुरी रहेको उहाँको भनाइ छ । रासस