१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
फाइल फोटो
अ अ+ अ-

जुम्ला। जुम्लाका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन् ।

यहाँका आठवटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिकाका स्थानीय लक्ष्मी कुमाईँले जानकारी दिनुभयो ।

पछिल्लो समयमा मार्सीधानको चामल बजारमा माग अत्यधिक आउने भएकाले किसानको खेतीप्रति आकर्षण बढेको उहाँको भनाइ छ ।

मार्सीधान जुम्लामा मात्र उत्पादन हुन्छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातोमार्सी धानको रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर क्षेत्रफलमा जुम्ली मार्सीधान उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्ममा जिल्ला बाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री गरी रु तीन करोड ५० लाख आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

परम्परागत रूपमा खेती गरिँदै आइएको जुम्ली मार्सीधान उत्पादनमा प्रविधिको उपयोगिता बढाउनसके उपलब्धिमूलक हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार रोगकीराको सङ्क्रमण रोक्न कृषि अनुसन्धान केन्द्रले चन्दननाथ-१ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउनका लागि सिफारिस गरेको छ ।

विभिन्न अध्ययन, अनुसन्धान गरी मार्सी-१८, २० र २२ जातका धान सिफारिस गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । योसँगै उत्पादनमा वृद्धि गर्ने योजनासहित केन्द्र लागिपरेको उहाँको भनाइ छ । रासस