६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
अ+ अ-

काठमाडौं । सरकारले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा सरोकारवालाहरू, विज्ञहरू तथा सर्वसाधारणबाट राय–सुझाव संकलन गर्न सार्वजनिक आह्वान गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि आवश्यक नीति, कार्यक्रम तथा संस्थागत सुधारका उपायहरू सिफारिस गर्न प्राविधिक कार्यदल गठन गरेको जनाएको छ। मन्त्रालयका अनुसार माननीय मन्त्रिस्तरीय निर्णयअनुसार गठित उक्त कार्यदलमा विभिन्न सरकारी निकाय, विश्वविद्यालय, संरक्षणकर्मी, अनुसन्धानकर्ता, कृषि तथा पशु विज्ञ लगायतका प्रतिनिधिहरू सहभागी रहेका छन्।

कार्यदललाई विगतमा भएका अध्ययन–अनुसन्धान, प्रतिवेदन, नीतिगत तथा संस्थागत व्यवस्थाहरू, राहत तथा क्षतिपूर्ति प्रणाली तथा हालसम्मका व्यवस्थापन प्रयासहरूको समीक्षा गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरू सिफारिस गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

कार्यदलको २०८३ जेठ १८ गते बसेको बैठकले संघ, प्रदेश र स्थानीय तहका निकाय, गैरसरकारी संस्था, अनुसन्धानकर्ता, विज्ञ तथा आम नागरिकबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो।

विशेषगरी बाँदर, बँदेल, नीलगाई तथा दुम्सीबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका उपायहरूमा केन्द्रित भएर सुझाव उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो राय–सुझाव उपलब्ध गराउन सक्नेछन्।

त्यस्तै, मानव–वन्यजन्तु द्वन्द्व सम्बन्धी अध्ययन, अनुसन्धान तथा व्यवस्थापनमा कार्यरत विज्ञहरूलाई कार्यदलमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुन समेत मन्त्रालयले आग्रह गरेको छ।

राय–सुझाव तथा जानकारी मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलको सचिवालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सिंहदरबार, काठमाडौंमा पठाउन सकिनेछ। साथै, इमेल ([hwctaskforce@mofe.gov.np](mailto:hwctaskforce@mofe.gov.np)) तथा व्हाट्सएप नम्बर ९७४४६३७८१० मार्फत समेत सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ।