५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा

वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ

वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ
अ+ अ-

काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरुले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गर्नुभएको हो ।

अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरुको रहेपनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भईरहे प्रतिवादमा उत्रने चेतावनी समेत दिनुभयो । अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रुपमा आफनो पार्टीलाई लिएको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पुराना पार्टीका धेरै साथीहरु उज्यालो नेपाल पार्टीप्रति आकर्षित भएर आउँदै हुनुहुन्छ । र नयाँ पार्टीका साथीहरु पनि, पार्टीहरु पनि हामीसँग जोड्दैछौ । अब यो जुन हिसावले नेपाली जनताले एउटा सशक्त विकल्पको रुपमा नयाँ विकल्पको रुपमा पुरानाको प्रतिस्थापन गरेर नयाँलाई दुई तिहाइको मत दिएको छ । यो अव दुई महिनामा यो दुई तिहाई मत दिएको सरकारको जुन किसिमको कार्य नेपाली जनताले देखेका छन । हामीले हेरेका छौँ–त्यो पार्टीबाट पनि नेपाली जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने हामीलाई विश्वास लागेका छैन । हाम्रो लागि यो सरकार राम्रोसँग सफल होस भन्ने कामना हो । किनभने नेपाली जनताले सधै परिवर्तन खोजेको छ । परिवर्तनको लागि यत्रो ठूलो दुई तिहाई मत दिएको छ । यो सरकार सफल होस, हरेक क्षेत्रमा सफल होस भन्ने हाम्रो सुझाव पनि रहेको छ । तर सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौ । त्यसको प्रतिवाद गर्छौं । र उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेका जनताको समस्याहरु बोकेर अघि बढ्छ । र नेपालको सशक्त पार्टीको रुपमा विकास गर्दैछौँ ।’

अध्यक्ष घिसिङले सरकारले विद्युतमा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्न चाहेको पनि बताउनु भयो ।