७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । नेपालले महंगो हुने भएकाले प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याव धेरै बनाउन नसक्ने बताउनुभएको छ ।

बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रदेश प्रदेशमा त्यस्ता खालको ल्यावहरु बनाउनुपर्ने आवश्यकताा औँल्याएपछि उहाँले यस्तो बताउनुभएको हो ।

उक्त ल्यावका लागि आवश्यक पर्ने उपकरणहरु धेरै महंगो हुने भएकाले प्रदेश प्रदेशमा त्यस्ता खालका ल्यावहरु राख्ने कुरा नेपालको क्षमताले नभ्याउने पूर्वशिक्षामन्त्री समेत रहनुभएका सांसद पुनको भनाई थियो ।

उहाँले आईएसओ मान्यता प्राप्त गर्नुपर्ने भएकाले पनि उक्त ल्याव नेपालले धेरै बनाउन नसक्ने भएकाले एउटा बनाउने र कतिपय चेकजाँचको काम विदेशमा नै लगेर गर्नुपर्ने अवस्था नेपालको रहेको पनि स्पष्ट पार्नुभयो । सांसद पुनले कोरोना कालमा त्यसको जाँच गर्नका लागि नेपालले हङकङलगायतका देशहरुमा पठाएको उल्लेख गर्दै फरेन्सिक चेकजाँचको विषयमा पनि विदेशी मुलुकहरुमा पठाउने कामलाई अझै निरन्तरता दिँदा नै उपयुक्त हुने धारणा समेत राख्नुभयो ।

उहाँले भन्नुभयो,‘एकदम राम्रो प्रविधियुक्त र आधुनिक प्रविधि युक्त साना–साना कार्यालय प्रदेश प्रदेशमा खोलेर नेपालमा हजार केसमा ५, १० केस आत्माहत्या गर्नेलगायतका यस्त केस पनि आउला । जसको यो फरेन्सिक जाँच गर्नुपर्ने कुराहरु पनि होला । त्यसकारण यसलाई आवश्यकता अनुसार प्रदेशप्रदेशमा खोल्नुपर्ने त भनियो । तर यो अनुसार प्रयोगशालाका लागि आईएसओ लिने भन्नेकुरा चाहीँ ज्यादै महंगो कुरा हो । आईएसओ त्यत्तिकै दिँदैन क्या । यसलाई लिनका लागि आवश्यक मात्रामा चाहिने उपकरणहरु त हुनुप¥यो । ती उपकरणहरु यति महंगो हुन्छ । त्यो उपकरण नभई आईएसओ दिँदैन । आईएसओ भएन भने विदेशमा यसको मान्यता हुँदैन । त्यसकारण यो थोरै खोल्ने, एउटा खोल्ने, यसलाई सकेसम्म आधुनिक बनाउने, तर आधुनिक बनाउन नै सकिँदैन । किनभने पैसा धेरै लाग्छ । त्यसरकारण यहाँ आफनो क्षमताले भ्याउने जति यहाँ गर्ने । भएन भने विदेशमा पनि पठाउनु प¥यो । जस्तो कोरोनाको समयमा त्यसको जाँचका लागि हङकङ पनि पठाएको थियो नि । यहाँ नभएर त्यहाँ पठाएको त हो नि । त्यस्तो कुराहरु हुन्छ । त्यो पैसा धेरै चाहिने एकदमै धेरै आधुनिक बनाउनुपर्ने भएकाले यसलाई धेरै नबनाऊ ।’

सांसद पुनले उक्त ल्याव थुप्रै बनाउने क्षमता नेपालसँग नभएकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराउनु भयो ।