५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित

कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजका लागि तय गरिएको बैठक आवश्यक गणपूरक संख्या (कोरम) नपुग्दा सुरु नै नभई स्थगित भएको छ ।

समिति सभापति भरतबहादुर खड्काले सांसदहरूको उपस्थिति न्यून भएपछि बैठक सञ्चालन गर्न नसकिएको जानकारी दिँदै तत्कालका लागि कार्यक्रम रोकिएको बताएका छन् ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लास्तरीय चुनावी गतिविधि सञ्चालन गरिरहेकाले त्यसका सांसदहरू अनुपस्थित रहेकाले कोरम पुर्‍याउन कठिन भएको हो । साथै, सदनमा देखिएको पछिल्लो परिस्थितिले पनि सदस्यहरूको उपस्थितिमा असर पारेको उनले उल्लेख गरे ।

सभापति खड्काले बैठक बस्दै नबसी स्थगित गर्नुपरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम रोकिएको बताए । उनले आगामी सदन २५ गतेका लागि बोलाइएको र त्यसपछि २६ वा २७ गतेतिर समिति बैठक पुनः तय गर्ने तयारी भइरहेको पनि जानकारी दिए, यद्यपि अन्तिम मिति भने तय भइसकेको छैन ।

आजको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणका उपाय र समितिको आन्तरिक कार्यविधि सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।