५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी सदस्यता नविकरण कार्यशालाले पार्टी भित्र नयाँ उत्साह थप्नेछ : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नविकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको सदस्यता नविकरण विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भेलामा सहभागीहरुलाई पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरु चिर्ने र नयाँ विश्वास र नयाँ जोश र नयाँ जागरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।

भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव,प्रदेशका पदाधिकारी तथा इन्चार्जहरु,पार्टीको संगठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको संगठन विभागले आयोजना गरेको कार्यशाला आज र भोली सञ्चालन हुनेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।




भर्खरै