५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक छ : मन्त्री चौधरी

दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक छ : मन्त्री चौधरी
अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
“दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवस २०८३ को अवसरमा ललितपुर आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको हो ।

दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्र, पोषण सुरक्षा, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनु भएको छ । हाल देशभरबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध औपचारिक रूपमा संकलन भइरहेको छ, जसबाट दैनिक करिब साढे ७ करोड रुपैयाँ नगद प्रवाह भएको छ । साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुगेको तर्क राख्नुभयो ।
मन्त्री चौधरीले दूध, दही, घ्यू, मही, पनिरलगायत दुग्धजन्य पदार्थहरूले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै व्यवसायिक पशुपालनमार्फत युवालाई आकर्षित गर्न सके दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताउनुभयो ।

दुग्ध क्षेत्रले उत्पादन लागत वृद्धि, कम उत्पादकत्व, भौगोलिक कठिनाइ, पशुरोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण, भुक्तानी ढिलाइ तथा गुणस्तर नियन्त्रणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले यी समस्याको समाधानका लागि सरकार सक्रिय रहेको बताउनुभयो । कार्याक्रममा किसान, सहकारी, पत्रकारलाई सम्मान समेत गरिएको छ ।