७ श्रावण २०८३, बिहीबार
,
Latest
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंण्डित नवराज शारदा स्मृति समाजद्वारा तीन छात्रालाई छात्रवृत्ति प्रदान



अ+ अ-

काठमाडौं । पंण्डित नवराज शारदा स्मृति समाजले तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

पंण्डित नवराज पौडेलको १०७ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो । समाजका अध्यक्ष निर्मलराज पौडेलले हरेक वर्ष उहाँको स्मृतिमा कुनै न कुनै रूपमा सामाजिक कार्य गर्दै आएको र सोही प्रतिबद्धताअनुसार यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा योगी नरहरीनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता गतिविधि निरन्तर अघि बढाउन आग्रह गर्नुभयो ।

समाजका अनुसार संस्कार, कर्मकाण्ड, सामाजिक मूल्य–मान्यता तथा सांस्कृतिक जागरणका विषयमा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।