११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा

नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै संघर्ष समिति आन्दोलित

नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै संघर्ष समिति आन्दोलित
अ अ+ अ-

काठमाडाैँ । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति आन्दोलित भएको छ ।.

समितिले सोमबार मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाउँदै पुल निर्माणका लागि बजेट सुनिश्चित गर्न माग गरेको हो । यसअघि नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेस प्रदेश सरकारबीच आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमार्फत बजेट व्यवस्थापन गर्न पहल गर्ने सहमति भएको थियो ।

सो सहमतिमा संघीय सरकारले बजेट उपलब्ध नगराएमा मधेस प्रदेश सरकारले आफ्नै आन्तरिक स्रोतबाट लागत व्यहोर्ने तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि बोलपत्र आह्वान गर्ने उल्लेख थियो । तर संघीय सरकारको बजेटमा कमला पुल निर्माणका लागि कुनै रकम विनियोजन नभएपछि संघर्ष समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवकाअनुसार पूर्व सहमतिअनुसार संघीय बजेटमा आयोजना नपरेकाले अब प्रदेश सरकारले आफ्नै स्रोतबाट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा संघर्ष समितिले प्रदेश सरकारलाई आफ्नो प्रतिवद्धता पूरा गर्न आग्रह गर्दै माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ ।

धनुषा र सिराहा जिल्लाका हजारौँ नागरिकको प्रत्यक्ष सरोकार रहेको यस पुलको निर्माण कार्य वर्षौंदेखि अन्योलमा रहँदै आएको छ । स्थानीयवासीले अब आश्वासन मात्र नभई ठोस रूपमा निर्माण कार्यको थालनी हुनुपर्ने माग राख्दै आएका छन् । संघर्ष समितिले सरकारलाई अविलम्व ठोस निर्णय गरी निर्माण प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।