५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका थिए। उक्त अभिव्यक्ति हटाइएन भने सदनको कारबाही अघि बढ्न नदिने अडान विपक्षी सांसदहरूले राखेका थिए।

विपक्षी दलका तर्फबाट धारणा राखेपछि सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुखले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न र बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि उनीहरू नमानेपछि सदनको अवरोध कायमै रहेको थियो।

सदनको अवरोध हट्ने अवस्था नदेखिएपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता र विपक्षी दलबीच विवाद चर्किएपछि संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।




भर्खरै