२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार



अ+ अ-

काठमाडौं । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो । चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ ।

हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ । अमेरिकी सेनाले अझै जहाजमा चढेर नियन्त्रणमा लिएको छैन । अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोजेका ६ वटा जहाजलाई रोकिएको छ ।

तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्न अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ । अमेरिकाले अप्रिल १७, २०२६ मा इरानमाथि समुद्री नाकाबन्दी लागू गरेको थियो । यो कदम इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा आवागमन प्रभावकारी रूपमा बन्द गरेपछि चालिएको थियो ।

मध्यपूर्वमा युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो । हाल अप्रिल ७ मा भएको युद्धविराम कायम रहेको छ । तर इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न युद्धविराम थप ६० दिन लम्ब्याउने विषयमा छलफल भइरहेको छ ।

होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । त्यहाँको तनावका कारण तेल, प्राकृतिक ग्यास र मलजस्ता वस्तुको आपूर्तिमा असर परेको छ, जसले विश्व अर्थतन्त्र र उपभोक्ताहरूलाई दबाबमा पारेको छ ।

अमेरिकाले लगाएको नाकाबन्दीको उद्देश्य इरानको व्यापार र तेल निर्यातलाई सीमित गर्दै उसको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नु रहेको बताइएको छ ।