२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर स्थित दुग्ध विकास संस्थान (डीडीसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामीसँग आइपुगेको विषयमा नियन्त्रणमा लिने, अनुसन्धान गर्ने काम सिआइबीको हो, अनुसन्धानका लागि कागजातहरु लिएका छौँ, अरु कुरा अनुसन्धानपछि नै थाहा हुन्छ ।”

डिडिसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ । दैनिक एक करोड बक्यौता भुक्तानी थालिएको जनाइएको छ । रासस




भर्खरै