१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको साधारण सभा पुस २९ मा



अ+ अ-

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ।

सभाले बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ। साथै अधिकृत पूँजी र जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीहरुमा संशोधन गर्न सम्बन्धमा प्रस्ताव समेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते देखि २९ गतेसम्म बैंकले बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउने छन्।