३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल र रोमानियाबीचको व्यापारिक तथा आर्थिक सहकार्य विस्तारमा उपनेता पराजुलीको जोड

नेपाल र रोमानियाबीचको व्यापारिक तथा आर्थिक सहकार्य विस्तारमा उपनेता पराजुलीको जोड
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल र रोमानियाबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीका माध्यमबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौंमा सोमवार आयोजित ‘नेपाल–रोमानिया बिजनेस फोरम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपनेता पराजुलीले भौगोलिक रूपमा टाढा भएपनि आर्थिक वृद्धि र दिगो विकासका साझा आकाङ्क्षाले दुई देशलाई नजिक ल्याएको बताउनु भयो ।

उहाँले यो फोरम व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारका लागि एक महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र रोमानियाबीचको वर्तमान व्यापारिक परिमाण न्युन रहे पनि यसको विस्तारका लागि ठूलो सम्भावना रहेको उहाँको भनाइ छ ।

उहाँले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रोमानियाली लगानीकर्ताहरूलाई आह्वान गर्नुभयो ।

दुई देशबीचको संयुक्त उपक्रमबाट रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीन प्रविधिको प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले अब जनशक्तिसँगै सीप र दक्षता आदानप्रदानमा समेत केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकलाका सामग्री, जडीबुटी, कृषिजन्य उत्पादन र सूचना प्रविधि (आईटी) सेवाहरू रोमानिया निर्यात गर्न सक्छ ।

रोमानिया युरोपेली युनियनको प्रवेशद्वार भएकाले नेपाली उत्पादनका लागि त्यहाँको बजार पहुँच, प्रविधि हस्तान्तरण र औद्योगिक सहकार्य अत्यन्त मूल्यवान् हुन सक्छ । नेपाली श्रमिकहरू आफ्नो परिश्रम र इमानदारीका लागि परिचित छन् ।

सुरक्षित र व्यवस्थित श्रम आप्रवासनले रोमानियाको श्रम मागलाई पूर्ति गर्ने मात्र नभई नेपालको रेमिट्यान्स, सीप विकास र आर्थिक लचिलोपनमा समेत योगदान पु¥याउँछ ।’

उपनेता पराजुलीले रोमानियामा नेपाली श्रमिकहरूको बढ्दो सङ्ख्यालाई सकारात्मक रूपमा लिनुपर्ने बताउनु भयो ।

पर्यटन र सांस्कृतिक आदानप्रदानलाई दुई देशबीचको बलियो पुलका रूपमा व्याख्या गर्दै उहाँले हिमालयको देश नेपाल र समृद्ध सांस्कृतिक सम्पदा बोकेको रोमानियाबीच पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल