८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशांकको सुझाव



फाईल फोटो
अ+ अ-

कास्की। नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो, “पार्टी बलियो भयो भने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ ।”

“मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुपर्‍यो,” कोइरालाले भन्नुभयो, “पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ ।

बिपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राख्नुभएको उदाहरण दिँदै नेता कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति हुनुभएको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा थियो एक्कासी विशेष महाधिवेशन गर्नु गलत भएको बताउनुभयो ।

पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गर्नुभयो । रासस




भर्खरै