३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा

सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले न्यायपालिका तथा व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभएको छ ।

शनिवार विराटनगरको कोईरालानिवासमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले न्यायपालिकालाई आफ्नो प्रभावमा राखेर चलाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो ।

उहाँले विगतमा पनि शक्तिशाली सरकारहरूले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको उदाहरण रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताउनु भयो ।

थापाले २०६४ सालमा माओवादीको बहुमत रहेको समय र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारका बेला पनि संवैधानिक निकायहरुमाथी प्रभाव जमाउने प्रयास भएको बताउनु भयो । तर नेपालको न्यायपालिका, सञ्चार माध्यम र अन्य लोकतान्त्रिक संस्थाहरूले त्यस्ता प्रयासलाई पटक–पटक असफल बनाएको उहाँको भनाइ छ ।

उहाँले कार्यपालिकाले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास गर्दा कहिले न्यायपालिकाले, कहिले व्यवस्थापिकाले र कहिले सञ्चार माध्यमले नियन्त्रण गरेको उल्लेख गर्नुभयो ।

वर्तमान सरकारले संसद र न्यायपालिकालाई आफ्नो प्रभावमा राख्न खोजेको दाबी गर्दै थापाले लोकतान्त्रिक संस्थाहरू अझै पनि यस्ता प्रयास रोक्न सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल कम्युनिस्ट पार्टीको जबरदस्त बहुमत थियो । जबरदस्त बहुमत भएको बेलामा एक पटक यस्तो प्रयास भएको कुरा प्रयास गर्न खोजेको हामीले देख्यौं । २०६४ सालमा माओवादीको बहुमत आएको बेलामा पहिलो संविधान सभामा पनि हामीले केही संविधानमा यस्तो व्यवस्था गर्नुपर्छ भनेर गरेको प्रयास भएको देख्यौं । यस्ता प्रयासहरु बेलाबेला नहुने गरेका होइनन्, भएका छन् । तर नेपालको न्यायपालिका, नेपालको संचार माध्यम, नेपालकै सबै हाम्रा संस्थाहरु यति बलियो भैसके कि सरकारले गर्ने यस्ता प्रयासहरुलाई उसले जहिले पनि निस्तेज बनाएको छ ।

कार्यपालिकाले जब जब आफ्नो सिमालाई उलंघन गरेको छ, न्यायपालिका आफैले त्यसलाई रोकेको छ, कहिले व्यवस्थापिकाले रोकेको छ, कहिले सार्वजनिक संचार माध्यमले यसलाई रोकेको छ । मलाई के विश्वास छ भने कार्यपालिकाले अहिले यो पटक जबरदस्त यो प्रयास गरेकै छ, यसमा लुक्ने कुरा केहि पनि छैन ।

उसले पार्लियामेन्टलाई आफ्नो छायामा ल्याएको छ, न्यायपालिकालाई आफ्नो बसमा राखेर काम गराउने प्रयास गरिरहेको छ । तर यी सबै उसका प्रयासहरुलाई निस्तेज पार्ने ताकत नेपालका संस्थाहरुले राख्छन्, हामी राख्छौं भन्ने कुरामा मलाई विश्वास छ ।’

उहाँले सरकाले व्यवस्थापिकालाई सरकारले आफ्नो छायाँमा ल्याएको आरोप लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल