५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १२ अङ्क घट्यो



अ+ अ-

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अङ्कले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ । बुधबार ३० दशमलव शून्य आठ अङ्कले उकालो लाग्दा रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्य बारबारको शेयर खरिद बिक्री भएको थियो ।

आज ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने नौ कम्पनी स्थिर छन् । आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको हो । आज सबै समूहका परिसूचकको गिरावट दर एक प्रतिशतभन्दा कम रहेको छ ।

बैंकिङ शून्य दशमलव ५७, विकास बैंक शून्य दशमलव ३१, फाइनान्स शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ८६, हाइड्रोपावर शून्य दशमलव ६८, लगानी शून्य दशमलव ३३, जीवन बिमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, माइक्रोफाइनान्स शून्य दशमलव ४५, निर्जीवन बिमा शून्य दशमलव ४२ र अन्य शून्य दशमलव ३१ प्रतिशत घटेको छ भने व्यापार समूह स्थिर रहेको छ ।

आज बुङ्गल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव २६ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अपर लोहोरेखोलाको शेयर मूल्य १४ दशमलव ९५ प्रतिशतले घटेको छ ।