२७ जेष्ठ २०८३, बुधबार
,
Latest
समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य डिजिओमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण: मोबाइल पास मात्र ५४९ रुपैयाँमा दक्षिणपछि उत्तर सन्तुलनको प्रयासः परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै ‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी



अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिनुभएको छ ।

सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गर्नुभयो ।

सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायत सोही समयमा बोल्न उठिरहे पछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना–विषयलाई बोल्न समय माग्न र दिन सकिने संसदीय अभ्यास छ ।

सांसदले बोल्न टिपाइएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा सभामुखले समय नदिन पनि सक्नुहुनेछ । आसनबाट उठेका सदस्यहरू नबसेपछि सभामुख अर्यालले तोकिएभन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिनुभयो ।

संसद्मा आकस्मिक समयमा साथै शून्य समय र विशेष समयमा समसामयिक विषयमा ध्यानाकर्षण गराउने पनि संसदीय अभ्यास छ ।