४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

संसदीय सुनुवाईमा हतारो गरिएको भन्दै सांसद विष्टको आपत्तिः‘अनुमोदन समिति नामाकरण गर्न माग’

संसदीय सुनुवाईमा हतारो गरिएको भन्दै सांसद विष्टको आपत्तिः‘अनुमोदन समिति नामाकरण गर्न माग’
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले प्रश्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।

मंगलवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले सदस्यहरूलाई अध्ययनका लागि पर्याप्त समय नदिई निर्णय प्रक्रिया अघि बढाइएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सांसद विष्टले समितिको कार्यतालिका र कार्यशैलीप्रति प्रश्न उठाउँदै अध्ययनका लागि दिइएको ६३ पृष्ठ लामो कार्ययोजना र सुनुवाईको समयबीच तालमेल नमिलेको बताउनु भयो ।

समितिको बैठकमा उहाँले कार्यतालिका यति व्यस्त बनाइएको छ कि सदस्यहरूलाई खाना खाने वा सामान्य विश्राम गर्ने समेत समय नभएको गुनासो गर्नुभयो । संसदीय सुनुवाईको गरिमा र गम्भीरतालाई ध्यान नदिई हतारमा निर्णय लाद्न खोजिएको उहाँको तर्क छ । सांसद विष्टले समितिको नाम ‘सुनुवाइ समिति’ भएपनि व्यवहारमा केही नसुन्ने गरी काम गर्न खोजिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिहान ८ बजे बैठकका लागि खबर आउँछ, साढे ९ बजेदेखि बैठक बस्छ र ३ बजे नै सुनुवाइ गर्ने भनिन्छ । यति छोटो समयमा ६३ पृष्ठको दस्तावेज कसरी अध्ययन गर्ने ? सांसदहरूलाई आफ्नो विवेक प्रयोग गर्ने समय समेत नदिई सोझै नियुक्ति सुनाए भइहाल्छ नि । यदि छलफल नै नगर्ने र केही नसुन्ने हो भने यो समितिको नाम परिवर्तन गरेर ‘अनुमोदन समिति’ राखे हुन्छ । प्रतिवेदनहरू वितरण गर्ने, झोलामा हाल्ने र अनुमोदन गरिदिने हो भने सुनुवाइको नाटक किन चाहियो ? ’

सर्वोच्च अदालतमा हुने नियुक्ति जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र अध्ययन आवश्यक हुनेमा जोड दिँदै उहाँले नयाँ हुनुको अर्थ स्थापित प्रक्रिया र गम्भीरतालाई उपेक्षा गर्नु नभएको स्पष्ट पार्नुभयो ।

विगतका कतिपय विवादास्पद निर्णय र प्रक्रियाहरूलाई स्मरण गराउँदै उहाँले संसदीय समितिलाई केवल रबर स्ट्याम्प नबनाउन आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल