२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा भन्छन्– ‘पार्टी मिलाउन खोज्छु तर सदस्यता अध्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ’



अ+ अ-

काठमाडौँ : नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागी लचिलो हुन तयार रहेको बताउनुभएको हो । उहाँले १४ औँ महाधिवेशनबाट केन्द्रिय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको बताउनु भयो ।

महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रिय समितिबाट बाहिर रहेको उल्लेख गर्दै उहाँले सबै नेताहरुसंग मिलेर काम गर्न चाहेको बताउनु भयो । उहाँले पार्टीमा विशेष मधिवेशन पक्षधर र विशेष मधिवेशन विपक्षी भनेर कसैलाई पनि भेदभाव नगरि सबैलाई समान अवसर दिने प्रश्ताव गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको ठूलो पंक्ति हाल केन्द्रिय समितिबाट बाहिर छ । म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, अहिलेको केन्द्रिय समितिभित्र ल्याएर मानका साथ बरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा हुन्छ, त्यही राखेर उहाँलाई संगै लिएर काम गर्न चाहन्छु । मेरो प्रश्ताव हो यो । अधिवेशनको तिथिमिति तय भएको छ । त्यो अधिवेशनका लागी पार्टीमा केही संरचनाहरु छन् । प्रेम बहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति छ, त्यो समितिमा उहाँहरुलाई को को राख्दा सजिलो हुन्छ, राख्न सक्नुहुनेछ । सदस्यतासम्बन्धी समितिमा को को राख्ने हो, ल्याउनुस् नाम, राखौँ, बसौँ, सदस्यताको कुरा गरौँै । अनुशासन समितिमा अनफेयर हुन्छ की भन्ने भयो भने त्यहाँ पनि नाम राखौँ, ल्याउनुस् । अवसर दिने क्रममा भेदभाव हुँदैन, को विशेष महाधिवेशनमा आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर पाउने र निर्णय गर्ने भन्ने हुँदैन ।’ 

उहाँले पार्टीको विवाद समाधान गर्नको लागि पटक पटक छलफल गरिरहेको भएपनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टी जनाउनु भयो । देशभरका काँग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले अध्यावधिक नगर्न उक्साइरहेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘काँग्रेसको देशभर भएको सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा फिजिकल रुपमा वडा कार्यलय गएर म नेपाली काँग्रेसको सदस्यता निरन्तर गर्न चाहन्छु, यति भनेर भन्दिनुस् भनेर भन्दै गर्दा पनि ल त ? भन्लास् त ? काँग्रेसको सदस्य हुँ भन्लास त ? काँग्रेस सकाउने ? भनेर नेताहरुको अभिव्यक्ति सुनिरहेको छु । अध्यावधिक नगर्नको लागी भनेर आह्वान गर्ने लहर चलेको छ, यहाँ । के भनेको अध्यावधिक नगर्ने भनेको ?’ 

उहाँले सबै नेताहरुलाई सदस्यता अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । पार्टीमा एकताबद्ध कायम राख्न सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । काँग्रेसले एकजुट भएर गुमेको १० लाख शुभेच्छुक र समर्थकको मत पुन फिर्ता गर्ने गरि काम गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल




भर्खरै