८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी गाडीको दुरुपयोग बढेकोमा सभापति देउवाको आ’पत्ति



अ+ अ-

कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आ’चारसंहिता उ’ल्लङ्घन रोकिनुपर्ने बताउनुभएको छ । पुनर्वास नगरपालिका–३ मा आयोजित वडाध्यक्षको उपनिर्वाचनको चुनावी कार्यक्रममा उहाँले उपनिर्वाचनका बेला सरकारी गाडीको दु’रुपयोग बढेकाले तत्काल रोकिनुपर्ने बताउनुभयो ।

काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा चुनावी मैदानमा रहेका दीप तामाङको चुनावी प्रचारप्रसारका लागि पुग्नुभएका सभापति देउवाले वडाका सबै सडक कालोपत्रे गर्ने कार्यसँगै यस क्षेत्रको समृद्धिका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीका उम्मेदवार तामाङलाई विजयी बनाउन सबै वडावासीको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।

यसैबीच, बेलडाँडी गाँउपालिकाको चवन्नी बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा पूर्वप्रधानमन्त्री देउवाले हुलाकी सडक निर्माणको कार्य आफ्नै कार्यकालमा प्रारम्भ गरिएको बताउनुभयो ।

“विकास निर्माण, सुशासनका कार्य अगाडि बढाउन सरकारले चासो दिए हामी सघाउन हामी तयार छौँ”, उहाँले भन्नुभयो । यसैक्रममा पार्टी सभापति देउवाले आजै बेलौरी नगरपालिका–७ मा निर्माणाधीन कालिका मन्दिरको अवलोकनसमेत गर्नुभयो ।