३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सनको ११ बुँदे प्रस्ताव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य



अ+ अ-

काठमाडाैँ । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । उहाँका अनुसार जिपीएस जडान नगरेका र सञ्चालन अनुमति नलिई चलिरहेका सरकारी तथा निजी दुवै प्रकृतिका एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न प्रशासनले पत्राचार गर्नेछ ।

यसैगरी ‘ख’ वर्गमा स्तरोन्नति हुन नसकेका एम्बुलेन्सहरूलाई निर्देशिका अनुसार ‘ग’ वर्गको बिरामी ओसारपसार गर्ने सवारीका रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । “एम्बुलेन्स सेवा निर्देशिका २०८२ बमोजिम अबदेखि नवीकरण, सञ्चालन अनुमति र अभिलेख राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्नेछौँ । ” प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो । यसैगरी एम्बुलेन्सभित्रै सबैले देख्ने गरी तोकिएको भाडादर अनिवार्य टाँस्नुपर्ने निर्णय प्रशासनले गरेको छ ।

यसका साथै, एम्बुलेन्सको आम्दानी र खर्चको विवरण अद्यावधिक गरी नियमित रूपमा प्रादेशिक जनस्वास्थ्य केन्द्रमा पठाउनुपर्ने र केन्द्रले सोको प्रतिवेदन जिल्ला समितिमा पेस गर्नुपर्नेछ । एम्बुलेन्स चालकहरूको पहिचान र मर्यादाका लागि निर्देशिका बमोजिमको पोशाक अनिवार्य लगाउनुपर्ने नियम पनि कडाइका साथ लागू गरिने भएको छ । यसैगरी वर्षायाममा हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै एम्बुलेन्स र चालकहरूलाई हरदम तयारी अवस्थामा राखिने भएको छ ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको माग बमोजिम जिल्लाका सबै एम्बुलेन्सको विवरण ‘विपद् पोर्टल’ मा प्रविष्टि गर्ने निर्णयसमेत गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ मा चालकहरूका लागि विशेष सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा पद्यमश्री हस्पिटल एण्ड एलाइड साइन्स प्रा.लि.ले ‘ख’ वर्गको एम्बुलेन्स खरिदका लागि माग गरेको राजस्व छुटको सिफारिसलाई आवश्यक कार्यान्वयनका लागि प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

यसैगरी सञ्चालनमा रहेका एम्बुलेन्सहरुले तोकिएको मापदण्ड पालना गरे नगरेको अनुगमनका लागि मापदण्डको दायरामा ल्याउनका लागि प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराका मेडिकल ल्याब टेक्निसिएन निरीक्षक रवीन्द्र शर्मा बस्ताकोटीको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै