५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिया राष्ट्रिय निकुञ्जभित्र खप्तड यातायातको बस दुर्घटना, सडक पूर्णरूपमा अवरुद्ध



अ+ अ-

काठमाडाैँ । कैलालीको चिसापानी पुलभन्दा केही अगाडि पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको खप्तड यातायातको बस दुर्घटनामा परेको छ।

आज बिहान भएको उक्त दुर्घटनामा बस अनियन्त्रित भई सडकमा पल्टिएको जनाइएको छ। दुर्घटनापछि बसमा सवार केही यात्रुहरू घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेहरूको संख्या र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनापछि बस सडकमा पल्टिएर बाटो अवरुद्ध हुँदा उक्त खण्डमा यातायात पूर्ण रूपमा बन्द भएको छ। यसले गर्दा उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनहरू रोकिएका छन् र यात्रुहरू समस्यामा परेका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।