३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै



अ+ अ-

काठमाडौं । आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ ।

यो विशेष वनस्पति कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ । यही महत्वलाई ध्यानमा राख्दै विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूले यस क्षेत्रलाई विशेष मान्यता तथा संरक्षण प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९८ मा आर्गान उत्पादन हुने स्थानीय क्षेत्रलाई ‘आर्गानेराइ बायोस्फियर रिजर्भ’का रूपमा घोषणा गरेको थियो । त्यसैगरी, आर्गान रूखसँग सम्बन्धित परम्परागत ज्ञान, सीप र संस्कृतिलाई सन् २०१४ मा युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो ।

यसैबीच, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २०१८ डिसेम्बरमा मोरक्कोको ऐत सुआब–ऐत मनसुर क्षेत्रमा रहेको आर्गान–आधारित कृषि, वन तथा पशुपालन प्रणालीलाई विश्वका महत्वपूर्ण कृषि सम्पदा प्रणालीका रूपमा मान्यता दिएको थियो ।

त्यसपछि सन् २०२१ मा राष्ट्रसङ्घीय महासभाले मे १० लाई अन्तरराष्ट्रिय आर्गानिया दिवसका रूपमा घोषणा गरेको हो । मोरक्कोद्वारा प्रस्तुत उक्त प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका ११३ सदस्य राष्ट्रले स्वीकार गरेका थिए । यो स्वीकृतिसँगै मोरक्कोको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

आर्गान मुख्यतः मोरक्कोमा पाइन्छन् । यसबाट उत्पादन हुने आर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । साथै, आर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन, वातावरण संरक्षण तथा महिला सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।