२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ सामु स्कटल्याण्डद्वारा ३०३ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी शृंखलाको तयारीस्वरूप शनिबार खेलिएको अभ्यास खेलमा स्कटल्यान्डले नेपाल ‘ए’ टोलीसामु जितका लागि ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ३०२ रन बनाएको हो।

स्कटल्यान्डका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सीले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ५१ बलमा तीन छक्का र ६ चौकाको मद्दतमा ६२ रन बनाए। माइकल इङ्लिसले पनि अविजित ५६ रन जोड्दै टोलीको स्कोर मजबुत बनाए।

त्यस्तै फिनले म्याक्रेथले ३० रन, ब्रान्डन म्याकमुलेनले ३९ रन तथा रिची बेरिङ्टनले ४० रनको योगदान दिए। म्याथ्यू क्रसले २५ रन बनाउँदा ज्याक जार्भिसले ३० रन थपे।

नेपाल ‘ए’ का लागि आकाश चन्द सर्वाधिक सफल बलर बने। उनले तीन विकेट लिए। शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले समान एक/एक विकेट हात पारे।