१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरलानाकामा खानेपानी समस्या समाधान गरिँदै



अ+ अ-

मुुस्ताङ। उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ ।

लोमान्थाङ गाउँपालिकाको चालु अर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरलानाकाको दशगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो ।

कोरलानाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरलानाकामा त्रिपाल टाँगेर ब्यापार व्यवसाय चलाएका स्थानीय ब्यापारी, कोरलानाका अवलोकनमा गएका पर्यटक तथा कोरलानाकाबाट आयाता÷निर्यात गर्ने ब्यापारी तथा चालकलाई निकै ठुलो समस्या पर्दैआइरहेको थियो । स्थानीय ब्यापारी, पर्यटक र कोरलानाकाबाट आयात÷निर्यात गर्ने ब्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले यसप्रकारको अग्रसरता देखाएको हो ।

कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा ब्यापार व्यवसाय गर्ने, कोरलानाकाको अवलोकन गर्न आउने पर्यटक र कोरलानाकाबाट आयात तथा निर्यात गर्ने ब्यापारी लाभान्वित हुने बताउनुभयो ।

विगतका वर्षमा पनि कोरलानाकामा बोरिङमार्फत खानेपानी व्यवस्था गर्ने प्रयास सफल हुन नसकेपनि यसपटक खानेपानीको योजनाले मूर्तरूपमा पाएको अध्यक्ष गुरुङले बताउनुभयो ।

खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरलानाकामा शौचालय निर्माण गरिरहेको बताउनुभयो ।

कोरलानाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिनुभयो ।

कन्ट्रक्सनले कोरलनाकामा बोरिङबाट खानेपानी निकाल्न उपकरणसहित कार्यक्षेत्रमा परिचालन भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाइ छ ।

यसअघि नेपाल–चीन कोरलानाका क्षेत्रमा खानेपानीको व्यवस्था नहुँदा त्यहाका ब्यापारी तथा पर्यटकलाई निकै ठुलो समस्या पर्ने गरेको थियो । नाकामा खानेपानी नहुँदा त्यहाका ब्यापारी तथा पर्यटकले खानेपानी तथा शौचालयन नभएको गुुनासो गर्ने गरेका थिए ।

कोरलानाका स्थित २४ नं सीमास्तम्भको दशगजा क्षेत्रमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाभित्रका करिव ८० भन्दा त्रिपाल ब्यवसायीले चिनिया समान बिक्री गर्न बसेका छन् । कोरलानाका खुलेको दुई वर्ष बढी बितिसक्दा नाकामा खानेपानी र शौचालयको व्यवस्था हुन सकेको थिएन ।

कोरलानाकाका त्रिपाल ब्यापारीले कोरलानाकादेखि यता उत्तर लोमान्थाङ–२ नेचुङबाट खानेपानी ढुवानी गर्ने गरेका थिए । खानेपानीको योजनाअघि बढेसँगै कोरलानाकाका व्यापारीहरु खुसी भएका छन् । रासस