काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज ढंगले संचालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
बिहीवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सरकारले कुटनीतिक पहल गरी उक्त विमानस्थल सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने बताउनुभएको हो ।
सांसद गुरुङले नेपालको पर्यटन प्रवद्र्धनमा भारत र चीनको महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै उनीहरुलाई सहज ढंगले नेपाल भित्र्याउनका लागि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आवश्यक व्यवस्था सरकारले गर्नुपर्ने स्पष्ट पार्नुभयो । सांसद गुरुङले पोखरामा रहेका तालतलैयाको पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
सांसद गुरुङले टेलिफोनमा देखिएको नेटवर्किङको समस्या समाधानमा पनि ध्यान दिन सरकारलाई सचेत गराउनु भयो ।–न्युज एजेन्सी नेपाल










